चिट चोर्न नपाएपछि अनुगमन टोलीमाथि ढुंगामुढा

काठमाण्डु टुडे २०७० चैत १० गते ८:२७ मा प्रकाशित

मुगु, १० चैत – प्रवेशिका परीक्षाको सोमबारको अनिवार्य विज्ञान विषयको परीक्षाको अनुगमनमा आएको टोलीमाथि महाकाली उच्च मावि श्रीनगर मुगु गमगढी परीक्षा केन्द्रका विद्यार्थीले ढुङ्गामुढा गरेका छन् ।

परीक्षामा चिट चोर्न नदिई कडा गरेको निहुँमा आक्रोशित विद्यार्थीले सहायक प्रजिअ तोरण पराजुलीसहितको टोलीमाथि गरेका गरेका हुन् । ढुङ्गा प्रहारबाट कसैलाई चोटपटक भने लागेको छैन । ढुङ्गामुढा प्रहार गरेको अभियोगमा रुगा गाविस छार्प गाउँका दलसिंह बोहरालाई नियन्त्रणमा लिइएको छ ।

आफ्नो छोरा रमिता हेर्न मात्र गएको तर उसले ढुङ्गामुढा नगरेको दलसिंहका बुबा मयलालले बताए । ढुङ्गामुढाबाट परीक्षा केन्द्र केहीबेर तनावपूर्ण रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us