एकीकृत माओवादीको जम्बो टोली चीन जाँदै

काठमाण्डु टुडे २०७० चैत १० गते ५:३२ मा प्रकाशित

काठमाण्डु, १० चैत– चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एकीकृत माओवादीको एक टोली आज चीन maoist flagभ्रमणमा जाने भएको छ ।

विदेश विभागका वरिष्ठ सदस्य एवम् पूर्वपोलिट्ब्युरो सदस्य निनु चापागाईंको नेतृत्वमा २० सदस्यीय टोली राति ११ बजे चीन जाने भएको हो ।

टोलीमा चापागाईंसहित दीपेन्द्र पुनमगर, क्षेत्रबहादुर श्रेष्ठ मुक्ति खनाल, रेशम चौलागाईं, मातृका पोखरेल, बलराम थापा, टिका बाँस्तोला र झम्कप्रसाद पराजुली छन् ।
यस्तै टोलीमा लेखबहादुर थापामगर, समीर दाहाल, चिजा गर्तौला श्रेष्ठ, विष्णुकुमारी क्षेत्री, ऋषिकेशव बुढामगर, हिमकान्त भुषाल, रामचन्द्र महतो, दिपबहादुर योञ्जन र विष्णुबहादुर विष्ट छन् ।
१० दिने चीन बसाइका क्रममा टोलीले ग्वान्जाओ, हुनान र वेइजिङको भ्रमण गर्ने माओवादी विदेश विभाग सदस्य युवराज चौलागाईंले काठमाण्डु टुडेलाई जानकारी दिए ।
टोलीले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेताहरुसँग भेटघाट गरी स्थानीय पार्टी कमिटिहरुको सञ्चालन र कार्यपद्धतिबारे जानकारी लिने चौलागाईंले बताए ।
टोली आगामी २० चैतमा स्वदेश फर्कने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us