इलाम–१० चैत– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी एक वर्षभित्र नयाँ संविधान बन्ने दाबी गरेका छन् ।
इलामको फाल्गुनन्द सुकिलुम्वास्थित निर्माणाधीन विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक वर्षभित्र संविधान बनाएरै छाड्ने बताए ।
‘संविधान निर्माणको आधार तयार भएकाले एक वर्षमका संविधान बन्छ’, उनले भने, ‘सबै दल एकमत भएर त्यस काममा लाग्नुपर्छ ।’ संसद् नियमावली तयार भइसकेकाले संविधान बन्ने आधार तय भएको उनको भनाइ थियो ।
अर्को एक फरक प्रसंगमा उनले सरकारले मनोनित गर्ने २६ जनामा संविधानका विज्ञलाई संविधानसभामा लैजानुपर्ने बताए । उनले निर्माणाधीन फाल्गुनन्द सुकिलुम्वा विमानस्थलको निर्माणकार्य छिट्टै सम्पन्न गर्न आफू लागिपरेको उल्लेख गरे ।