
काठमाण्डु, १० चैत– प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डुको भद्रकालीस्थित सैनिक मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका कोइराला आज बिहानै सैनिक मुख्यालय पुगेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक सैनिक मुख्याल पुगेका उनले सेनाको नियमित कामबारबाहीको निरीक्षण गरेका थिए । कोइरालालाई प्रधानसेनापति गौरवशम्शेर राणासहित उच्च सैनिक अधिकारीले स्वागत गरेका थिए ।