काठमाण्डु, १० चैत– नेपाल पत्रकार महासंघ, काठमाण्डु शाखाको अध्यक्षमा गोविन्द चौलागाईं निर्वाचित भएका छन् ।
नवौ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा चौलागाईं निर्वाचित भएका हुन् । अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका चौलागाईंलाई प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघको विद्रोही समूहको समर्थन थियो ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उपाध्यक्षमा श्रीजन झा, सचिवमा रामकृष्ण अधिकारी, सहसचिवमा ज्ञानप्रसाद बास्तोला र कोषाध्यक्षमा सीता पोखरेल विजयी भएका छन् ।
सदस्यहरुमा ममता कट्टेल (महिला), भौचप्रसाद यादव (मधेसी), सन्तोष बराइली (दलित), वीरबहादुर लामा (जनजाति) विजयी भए । यस्तै खुलातर्फबाट सदस्यमा सूर्य सुवेदी, कालिका महत, रामचन्द्र बस्नेत, नेत्रप्रसाद न्यौपाने, सतीदेवी उप्रेती, सुनिता कोइराला, अमिर लामा र रमेश वाग्ले विजयी भएको प्रमुख निर्वाचन आयुक्त गोपाल बुढाथोकीले जानकारी दिए ।
वनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै महासंघका महासचिव ओम शर्माले श्रमजीवी पत्रकारको हकहितमा क्रियाशिल हुन आग्रह गरे ।