यस्तो छ मलेसियाका पूर्वप्रधानमन्त्रीको नेपालमा विकास गर्ने सूत्र

काठमाण्डु टुडे २०७० चैत ९ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, –  मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले नेपालमा पहिला राजनीतिक स्थिरता कायम भएपछि मात्र ex pmविकास हुने बताएका छन् ।
राजधानीको होटल हायतमा सरकार र उद्योग वाणिज्य महासंघको आयोजनामा  भएको ‘इकोनोमिक समिट’मा आफ्नो मुलुकको विकासको अनुभव सुनाउँदै उनले जुनसुकै मुलुकको विकासका लागि पहिला राजनीतिक स्थायित्व जरुरी रहेको बताए । उनले विकासका लागि साम्प्रदायिक विभेद हानीकारण हुने भएकाले विभेद अन्त्य गर्न सुझाए ।

उनले नेपालमा भूमिहीन किसानहरु रहेको बारे आफूले सुनेको भन्दै उनीहरुलाई काम गर्न सरकारले जमिन उपलब्ध गराउनुपर्ने उल्लेख गरे । उनले विकासका लागि विदेशी लगानी पनि उत्तिकै रहेको स्पष्ट गरे ।

२५ मिटेल लामो लिखित भाषण पढेका उनले मलेसियामा सुरुमा विदेशी लगानी भित्र्याउन कठिन भएको अनुभव सुनाउँदै उनले हाल ३० लाम विदेशीलाई काम दिइएको बताए । विकासका लागि शिक्षा र सिप जरुरी रहेको भन्दै महाथिरले राज्यले शिक्षामा लगानी गर्नुपर्ने औंल्याए ।

अर्को एक फरक प्रसंगमा उनले धेरै दल भएको मुलुकले छिटो आर्थिक विकास गर्न नसक्ने तर्क पेश गरे । आफ्नो मुलुकमा पहिला ४० पार्टी रहेकामा हाल दुईवटामा झारिएको बताए । २२ वर्षभन्दा बढी सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री महाथिर मलेसियाले गरेको विकासको अनुभव सुनाउन शनिबार नेपाल आएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री रामशरण महतसहित विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us