द्वन्द्वकालिन मुद्धामा पक्राउ गरिएकामा आपत्ति

काठमाण्डु टुडे २०७० चैत ९ गते १४:४० मा प्रकाशित

काठमाण्डु, ९ फागुन– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको maoist-flagआरोपमा आफ्ना दुई कार्यकर्ता पक्राउ गरिएकामा आपत्ति जनाएको छ ।
प्रवक्ता पम्फा भुसालले आइतबार विज्ञप्ति जारी गरी उनीहरुलाई पक्राउ गरिएबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । प्रहरीले अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पछिल्लोपटक फुजेलका छविलाल पौडेललाई काठमाण्डुबाट र भिमसेन पौडेललाई चितवनको भरतपुरबाट शुक्रबार पक्रेको थियो ।

विज्ञप्तिमा द्वन्द्वकालीन मुद्धा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गर्ने विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाविपरीत भएको गिरफ्तारीको घटनाबाट पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ । माओवादीले पौडेलद्वयलाई तत्काल रिहा गर्न पनि माग गरेको छ ।

‘द्वन्द्वकालिन मुद्धाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गर्ने बृहद शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाविपरीत गरिएको गिरफ्तारीको हाम्रो पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार गरिएका पौडेलद्वयलाई अविलम्ब रिहा गरियोस् भनी जोडदार माग गर्दछ ।’
प्रहरीले भने हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध छिट्टै मुद्धा चलाउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us