तीन वर्षमा लोडसेडिङ अन्त्य: उर्जामन्त्री

काठमाण्डु टुडे २०७० चैत ९ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, ९ चैत – ऊर्जामन्त्री राधा ज्ञवालीले आगामी तीन वर्षभित्र मुलुकबाट लोडसेडिङ अन्त्य हुने दाबी गरेकी छन् ।
radha gyawaliठूला परियोजना निर्माण तथा सौर्य प्रविधिबाट विद्युत उत्पादन गर्नुका साथै प्रसारण लाइनको सुधार गरी तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दाबी उनको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माण स्थल र एसियाकै दोस्रो ठूलो जलविद्युत केन्द्रको अवलोकन भ्रंमणका क्रममा आइतबार उनले लोडसेडिङ कम गर्न सरकार प्रयासरत रहेको बताइन् ।

मन्त्री ज्ञवालीलाई स्थानीयबासीले विभिन्न माग समेटिएको आठ बुँदे ज्ञापनपत्र बुझाएका छन् । स्थानीयका तर्फबाट एमाले काठमाण्डु–३ का सभासद रामेश्वर फुयाँलले बुझाएको ज्ञापनपत्रमा सुन्दरीजल विद्युत गृहको सुधार, नयाँ टर्वाइन जडान, जलविद्युतमा स्थानीयको अग्राधिकारलगायत माग समेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us