पारस खड्का, मेरी बास्सैका खड्काजीको भतिज !

काठमाण्डु टुडे २०७० चैत ९ गते ५:५२ मा प्रकाशित

khadka jee नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको नाता मेरी बास्सैका खड्काजीसँग जोडिएको छ ।

क्रिकेटरका रुपमा चिनिएका पारसलाई मेरी बास्सैका खड्काले आफनै भतिज भन्ने गरेका छन् ।

पारस खड्का अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाउन थालेपछि खड्काजीले आफ्नो सहोदर भतिज भएको दावी गरेका हुन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैमा आगामी श्रृखंलामा खड्काजीले पारस आफ्नो भतिज भएको हल्ला गर्दै हिडेका हुन् ।

आफूले नै क्रिकेट खेल्न सिकाएको दावी समेत उनको छ ।

parash khadkaखड्काजीको भूमिकामा रहेका श्रृखंलाका निर्देशक सिताराम कट्टेलले खड्का थर मिल्ने हुँदा दर्शकको मनोरञ्जनको लागि मात्रै यसो गरिएको बताए ।

कट्टेल भन्छन् ‘क्रिकेटको लहर आएको छ, त्यसैमाथि पारस खड्का चर्चामा छन्, मैले अभिनय गर्ने खड्काजीको भूमिकालाई पनि सुहाउने हुँदा भतिज  हुन भन्ने प्रसंग ल्याएको हुँ । ’ मेरी बास्सैमा खड्काजीले व्याट र बल लिएर अभिनय समेत गरेका छन् ।

आफ्नो बिग्रिएको ओठको कारण पनि पारस खड्का कै बलिङले गर्दा भएको दृश्यमा कैद गरिएको छ ।

अव नेपालमा क्रिकेटको क्रेज बढ्यो भन्ने सन्देश दिन यस्तो गरिएको उनले दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us