क्रिकेटमा नयाँ शक्ति बन्यो नेपाल

काठमाण्डु टुडे २०७० चैत ८ गते २:२३ मा प्रकाशित

criket teamकाठमाण्डु, ८ चैत – नेपाली क्रिकेटले आइसिसी ट्वान्टी ट्वान्टी विश्वकप खेल्नुअघि धेरै ठूलो सपना पालेको थिएन् ।

पहिलो पटक विश्वकपमा सहभागी नेपालको मुख्य लक्ष्य नेपाली क्रिकेटलाई विश्वसामु चिनाउने थियो । प्रतियोगिताअघि ढाकामा कप्तान पारस खड्का आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै यही लक्ष्यमाथि प्रकाश पार्दै आएका थिए ।

प्रतियोगिताको पहिलो चरणमा दुई खेल जित्दा समेत नेटरनरेटका आधारमा पछि पर्दै नेपाल सुपरटेनमा उक्लन सकेन् ।

त्यसो हुँदा पनि नेपाली क्रिकेटले विश्वलाई आफ्नो परिचय मात्र दिएन, एसोसिएट्समध्ये अव्बल भएको प्रमाणित ग¥यो ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिेकटमा प्रवेश गरेको नेपाली क्रिकेट सन् २००७ को एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटदेखि यो छोठकरी बिधामा सहभागी हुन थालेको हो । कप्तान पारस खड्का नेपालको उपलव्धीलाई ऐतिहासिक भन्छन् ।

भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका जस्ता क्रिकेटका महारथिका भिडमा नेपालले छुट्टै पहिचान बनाएको छ ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us