
काठमाण्डु, २९ फागुन – फिफा बरियतामा नेपाल ९ स्थान माथि उक्लिएको छ ।
विश्व फुटबलको नियमनकारी निकाय ‘फिफा’ले विहीबार जारी गरेको नयाँ बरियतामा नेपाल ९ स्थान माथि उक्लँदै १ सय ६० औं स्थानमा आइपुगेको छ ।
यसअघि नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो ।
दक्षिण एसियामा नेपालभन्दा अघि अफगानिस्तान १ सय २७, भारत १ सय ५२ र पाकिस्तान १ सय ५८औं स्थानमा छन् ।
यसैगरी बंगलादेश १ सय ६२, श्रीलंका १ सय ७३ र भुटान २ सय ७ औं स्थानमा छन् । बरियताको शीर्ष स्थानमा स्पेन, दोस्रोमा जर्मनी, तेस्रोमा अर्जेन्टिना तेस्रो र चौंथोमा पोर्चुगल कायमै छन् ।