नेपाल आयरल्यान्डसँग ५ विकेटले पराजित

काठमाण्डु टुडे २०७० फागुन २८ गते १४:०५ मा प्रकाशित

बंगलादेश, २८ फागुन– आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।
बंगलादेशको खान साहेव उस्मान अलि रंगशालामा भएको खेलमा नेपाललाई आयरल्याण्डले ५ विकटले हराएको हो ।

टस हारेर पहिले दिएको १ सय ३८ रनको लक्ष्य आयरल्याण्डले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन जोडेको थियो ।  नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको योगदान दिए ।

प्रारम्भिक व्याट्सम्यान सागर पुन ६ र सुभास खकुरेल १० रनमा आउट भए । कप्तान पारस खड्काले २७ बलमा एक छक्कासहित ३१ रन बनाए । यस्तै विनोद भण्डारी ५ र  शरद भेषवाकरले ९, नरेश बुढाएरले १४, शक्ति गौचनले ५ तथा अनिल कर्णले ४ रन जोडे ।

तीन महिनाअघि यूएईमा भएको छनोट खेलमा पहिलो स्थानमा रहँदै विश्वकपमा छनोट भएको आयरल्याण्डसँग नेपालको यो पहिलो खेल हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us