मच्छिन्द्रलाई हराउँदै सहारा फाइनलमा

काठमाण्डु टुडे २०७० फागुन २८ गते १२:२८ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २८ फागुन – मच्छिन्द्रलाई सडन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा दुबै टोलीबाट ३–३ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो । जसमा मच्छिन्द्रका अजय विकको प्रहार किपरले बचाउँदा, सागर गुरुङले गोल गर्दै सहारालाई महत्वपूर्ण जित दिलाए ।

यसअघि ए डिभिजन लिगका वेष्ट स्ट्राइकर कर्ण लिम्बुको पेनाल्टी प्रहारले गोलको दिशा लिन सकेन । अब सहाराले उपाधिका लागि मनाङ र पुलिसबीच हुने दोस्रो सेमीफाइनलको विजेतासँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us