सन्नी लियोन यसरी बनिन् पोर्नस्टार

काठमाण्डु टुडे २०७० फागुन २८ गते ६:५४ मा प्रकाशित

sunny-leone3काठमाण्डु, २८ फागुन – सन्नी लियोन बलीउडमा प्रवेश गरेरमात्रै भारतसँग जोडिएकी होइनन्, उनको भारतसँग त्यस अघि देखि नै गहिरो नाता थियो ।

सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन्, त्यसैले पनि भारत उनको मावली देश हो ।

पछिल्लो समय अफगानिस्तानबाट फर्किएपछि सन्नीका बुबा र उनको बारेमा मिडियामा खुबै चर्चा भएको थियो ।

मेल अनलाइनका अनुसार सन्नीका एक नातेदारले भनेका छन्, ‘परिवारका लागि यस्तो हुनु निकै दुःखद् कुरा हो । उनका बुबा विश्वकै असल मानिसमध्ये एक हुनुहुन्छ र उहाँलाई आफ्नो छोरीप्रति अझै गर्व छ ।’

सन्नीकी भाञ्जी बहिनीले भनेकी छिन्, ‘मलाई विश्वास छ कि परिवारले सन्नीलाई अझै माया गर्छ । उनले गल्ती गरेकी हुन्, यसका बाबजुत पनि उनलाई गर्ने प्यारमा कुनै कमी आउने छैन ।’

सन्नी अमेरिकामा आफ्नो कलेज फि तिर्न नसकेर पोर्न फिल्म इन्डस्ट्रीमा प्रवेशको कुरा सार्वजनिक भएको छ । सन्नीले आफ्नो कलेजको पढाईका कारण पोर्न इन्डस्ट्रीमा आउनु परेको तथ्य सार्वजनिक भएसँगै यसको खुबै चर्चा भइरहेको छ ।

उनलाई अहिले धेरैले सोध्ने गरेका छन्, ‘अन्य विद्यार्थीहरुले जस्तै अरु नै काममा पनि गर्न सकिन्थ्यो, किन पोर्न फिल्ममै लाग्नु प¥यो ?’ यद्यपी सन्नीले यस विषयमा केही बताएकी छैनन् ।

हाल बलीउडमा आफ्नो भविश्य खोज्दै गरेकी सन्नी छिट्टै एकता कपूरको फिल्म ‘रागिनी एमएमएस–टू’मा मुख्य भूमिकामा देखिँदै छिन् । यो फिल्म २१ मार्चमा रिलिज हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us