नेपाल अभ्यासमा आयरल्याण्डसँग भिड्दै

काठमाण्डु टुडे २०७० फागुन २८ गते १:५९ मा प्रकाशित

criket 1काठमाण्डु, २८ फागुन – नेपालले ट्वान्टी ट्वान्टी विश्वकपअघि टेस्ट मान्यता नपाएका टिममध्ये शीर्षस्थानको आयरल्याण्डको सामना गर्दै छ ।

आज हुने अभ्यास खेलबाट नेपालले आफ्नो मूल्यांकन गर्ने छ ।

फतुल्लाहमा चल्ने खेल दुवै टिमका लागि नौलो हुनेछ । नेपाल र आयरल्याण्ड एक आपसमा नोला प्रतिद्वन्द्वी हुन् ।

नेपालका प्रशिक्षक पुवुदु दसानायकेले टिमको तयारी पुरा भएको र विश्वकपका लागि तयार रहेको बताए ।

दुवईमा अभ्यासमा खेलमा नेपाली टोलीको प्रर्दशन राम्रो रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us