एनसेल फुटबल वर्ष खेलाडीको मनोनयनमा २० जना

काठमाण्डु टुडे २०७० फागुन २७ गते ११:४४ मा प्रकाशित

football-abstract-6aकाठमाण्डु, २७ फागुन – पछिल्लो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदा नेपाली टिममा रहेका सबै खेलाडी एनसेल फुटबल प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् ।

साफ च्याम्पियनसिपमा सहभागीता जनाउँदा टिममा रहेका २० जना खेलाडीको नाम मनोनयनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पक्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एसएमएस भोटिङ, फुटबल प्रशिक्षकको मत र खेल पत्रकारको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिनेछ । एसएमएसबाट प्राप्त मतलाई कुल स्कोरको ६० प्रतिशत मानिनेछ भने प्रशिक्षक र पत्रकारको भोटिङ २०र२० प्रतिशत मानिनेछ । एसएमएस एनलेसबाट मात्र गर्न सकिने व्यवस्था छ ।

एसएमएस भोटिङ फागुन २८ गतेबाट एक महिनासम्म चल्ने एन्फाले जनाएको छ ।

मनोनयनमा पर्ने खेलाडीहरुमा कप्तान सागर थापा र युवा स्ट्राइकर बिमल घर्ती मगरसहित अनिल गुरुङ, जुमानु राई, भरत खवास, सन्तोष साहुखला, भोला सिलवाल, राजु तामाङ, विक्रम लामा, जगजित श्रेष्ठ, टंक बस्नेत र प्रकाश बुढाथोकी रहेका छन् ।

यसैगरी विराज महर्जन, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ, सन्दिप राई, रोहित चन्द, किरण चेम्जाङ, रितेश थापा र विशाल श्रेष्ठ पनि मनोनयनमा परेका छन् । गत वर्ष सन्दीप राईले वर्ष खेलाडी घोषित हुँदै कार पुरस्कार पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us