नेपाली क्रिकेटको बंगलादेशमा आजदेखि अभ्यास खेल

काठमाण्डु टुडे २०७० फागुन २७ गते ३:४१ मा प्रकाशित

criket teamकाठमाण्डु, २७ फागुन –टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्न बङ्गालादेश पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट अभ्यास थाल्दैछ ।

ढाकाको फतुल्लाह मैदानमा आज नेपाली टोलीले अभ्यास गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपाली टोली सोमबारविहान आबुधाबीबाट ढाकामा रहेको प्यासिफिक सोमरगाउ होटल पुगेको थियो । टोलीका कप्तान पारस खड्का र स्पीनर राहुल विश्वकर्मा पत्रकार भेटघाटमा व्यस्त रहेकोले हिजो नेपाली टोलीले अभ्यास गरेन ।

आजको अभ्यास खेलपछि नेपाली टोलीले भोली आयरल्याण्डसँग अभ्यास खेल खेल्नेछ ।

शुक्रबार नेपाली टोलीले फतुल्लाह मैदानमै युएई विरुद्ध दोस्रो अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको संघले जनाएको छ ।

विश्वकप खेल्नुअघि युएइसँगको अभ्यास खेल नेपालको लागि अन्तिम अभ्यास खेल हुनेछ ।

अभ्यास खेलपछि नेपाली टोली विश्वकप खेल्नका लागि चटगाउ पुग्नेछ ।

प्रारम्भिक चरणको समुह ए मा रहेको नेपालले आइतबारदेखि सुरु हुने विश्वकपको पहिलो दिन हङकङ विरुद्ध खेल्नेछ । दोस्रो खेलमा नेपालले टेस्ट मन्यता प्राप्त बंगलादेशको समाना गर्नेछ । त्यस्तै नेपालले छ गते चिर प्रतिद्धन्द्धी अफगनिस्तान विरुद्ध खेल्नेछ ।

१६ देशले खेल्ने प्रतियोगितामा आठ टेस्ट खेल्ने राष्ट्रबाहेक अन्य दुई राष्ट्र प्रारम्भिक समुह चरणमार्फत छानिनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us