मनाङ र संकटा भिड्दै

काठमाण्डु टुडे २०७० फागुन २७ गते २:५९ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २७ फागुन – कास्कीको पोखरामा जारी आहा गोल्डकप फुटबलमा आज सेमीफाइनल समिकरण पुरा हुने भएको छ ।

पोखरा रंगशाला दिउँसो हुने अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने छन् ।

आजको विजेतासँग सेमिफाइनल समिकरण पुरा हुने छ ।

प्रतियोगितामा संकटाले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मनाङ सिधै बाई पाएर क्वाटर फाइनलमा पुगेको हो ।
प्रतियोगितामा घरेलु टोली साहारा, नेपाल पुलिस र मच्छिन्द्र यसअघि नै सेमिफाइन पुगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us