मच्छिन्द्र आहा–रारा गोल्डकपको सेमीफाइनलमा

काठमाण्डु टुडे २०७० फागुन २६ गते ११:३६ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २६ फागुन – मच्छिन्द्र क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल अन्तर्गत सोमबार भएको खेलमा सरस्वती युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दे मच्छिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मच्छिन्द्रको जितमा विशाल राई, जाजा र दिलेन मोक्तानले गोल गरे । यसअघि २४ औं मिनेटमा जगजित श्रेष्ठको गोलमा लिएको अग्रता जोगाउन नसक्दा सरस्वती पराजित हुनपुग्यो ।

ए डिभिजन लिग थ्रीस्टारबाट खेलेका जगजित लोनमा सरस्वती गएका हुन् । प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार मनाङ मर्स्याङ्दी र संकटा क्लव आमने–सामने हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us