उपाधि होडबाट बाहिरियो सिटी

काठमाण्डु टुडे २०७० फागुन २६ गते ५:१८ मा प्रकाशित

काठमाण्डु, २६ फागुन–म्यानचेष्टर सिटी युरोपियन एफ ए कपको क्वाटरफाइनलमा पराजित भएको छ ।
manchester cityघरेलु मैदान इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटी विगनसँग २–१ ले पराजित भएको हो । हारसँगै क्वाटरफाईनलबाट बाहिरिएपछि एकै सिजनमा तीन उपाधि जित्ने सिटीको सपना तुहिएको छ ।

विगनसँग अघिल्लो हारको बदला लिनबाट सिटी चुक्यो । गत हप्ता क्यापिटल कपको ट्रफी उचालेको सिटी प्रिमियर लिगमा पनि उपाधिको दाबेदारी होडमा थियो । अहिलेसम्म सिटीले एकै सिजनमा सबै उपाधि हात पार्न सकेको छैन ।

खेलको २७ औं मिनेटमा जोर्डी गोमेजले पेनाल्टी मार्फत सिटीविरुद्ध पहिलो गोल गरेका थिए । दोस्रो हाफको दोस्रो मिनेटमा नै विगनका पर्चले अर्को गोल थपेपछि सिटी २ गोलले पछि पर्‍यो ।

६८ औं मिनेटमा नासरीले सिटीका लागि सान्त्वना गोल गरे पनि जितका लागि पार्यप्त भएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us