पुलिस आहा–रारा गोल्डकपको सेमीफाइनलमा

काठमाण्डु टुडे २०७० फागुन २५ गते ११:२३ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २५ फागुन – नेपाल पुलिस क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वार्टरफाइनलमा धरान फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पुलिसको जितमा दुबै गोल भरत शाहले गरे । ८ औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका शाहले त्यसको ७ मिनेट पछि अर्को गोल थपेका थिए ।

त्यसपछि धरान खेलमा फर्किन सकेन र पुलिस विजयी भयो । प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा सोमबार सरस्वती युथ क्लव र मच्छिन्द्र आमने–सामने हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us