रमेश खरेलविरुद्ध कसले दिँदैछ राष्ट्रसंघमा उजुरी ?

काठमाण्डु टुडे २०७० फागुन २५ गते ८:४५ मा प्रकाशित

काठमाण्डु, २५ फागुन– काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश खरेलविरुद्ध एक विदेशी महिलाले संयुक्त राष्ट्रसंघमा उजुरी दिने तयारी गरेकी छन् ।

ramesh Kharel
झुठो आरोपमा पक्राउ गरी मानसिक यातना दिएको भन्दै फिलिपिनो महिला चरिना क्याब्रिडोले खरेलविरुद्ध राष्ट्रसंघ मुख्यालयमा उजुरी दिने तयारी गरेकी हुन् । क्याब्रिडोलाई प्रहरीले विद्युतीय कारोबार अपराधअन्तर्गत केही समयअघि पक्रेको थियो ।

उनीमाथि बीबीसी नेपाली सेवामा कार्यरत सुरेन्द्र फुयाँललाई फेसबुकमार्फत चरित्र हत्या गर्ने र ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले पक्रेको थियो । उनी फुयाँलकी पूर्वप्रमिका हुन् ।

एक गैरसरकारी संस्थामा चीनको बेइजिङमा काम गर्दै आएकी क्याब्रिडोले भने फुयाँलसँग विवाह भएको दाबी गर्दै सम्बन्ध बिच्छेद र क्षतिपूर्तिको मुद्धा लड्दै आएकी छन् ।

खरेलले सुनियोजित रुपमा पक्राउ गरी मानसिक यातना दिएको आरोप क्याब्रिडोको छ । उनले आफू पीडित भए पनि उल्टै पीडकको पक्षमा लागेर खरेलले पदीय हैसियत दुरुपयोग गरेको बताउने गरेकी छन् ।

कामका सिलसिलामा हाल वेइजिङमा रहेकी उनले मुद्धा प्रक्रियाबारे कानुनविदहरुसँग परामर्श गरिरहेकी छन् ।

को हुन क्याब्रिडो
cabridoचरिना ब्याब्रिडो एक फिलिपिनो महिला हुन् । फिलिपिन्सको राजधानी मनिलास्थित एसियाली विकास बैंक केन्द्रीय कार्यालयमा सन्चार परामर्शदाताका रुपमा काम गर्थिन ।

पछि उनी एसियाली विकास बैंकले नै सञ्चालन गरेको क्लिन इनर्जी नामक परियोजनामा काम गर्न सन् २००९ मा नेपाल आइन् । सोही क्रममा बीबीसी नेपाली सेवामा कार्यरत सुरेन्द्र फुयाँलसँग भेट भएको र फुयाँलँसग प्रेम सम्बन्ध कायम हुँदै विवाह गरेको दाबी गर्दै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us