विश्वकपका लागि नेपाली टोली आज बंगलादेश जाने

काठमाण्डु टुडे २०७० फागुन २५ गते ३:०१ मा प्रकाशित

criket teamकाठमाण्डु, २५ फागुन –ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको नेपाली टिम आज बंगलादेश जाने भएको छ ।

आईसीसीको तालिका अनुसार २ वटा अभ्यास खेल खेल्न केह दिन अगाडि युएई गएको नेपाली टोली आज त्यतैबाट बंगलादेश जाने छ ।

युएईमा रहदा नेपालले नेदरल्याण्ड्स र युएईसँग अभ्यास खेलमा सहभागि भएको थियो ।

जसमा नेपाल नेदरल्याण्ड्सँग ४४ रनले पराजित भएको थियो भने युएईलाई ३१ रनले पराजित गरेको थियो ।

आज बंगलादेश जाने नेपाली टोलीलले विश्वकप सुरुहुनु पूर्व २ वटा अभ्यास खेलमा सहभागि हुने छ ।

नेपालले विश्वकपमा २ गते हंङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us