सहारा आहा–रारा गोल्डकपको सेमीफाइनलमा

काठमाण्डु टुडे २०७० फागुन २४ गते ११:५० मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २४ फागुन – आयोजक सहारा क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

७९ औं मिनेटमा सहाराका लागि निर्णायक गोल गरेका भिक्टर म्यान अफ द म्याच घोषित भए ।

ए डिभिजन लिग फ्रेण्ड्सबाट खेलेका भिक्टर लोनमा सहारा गएका हुन् । प्रतियोगिता अन्तर्गत आइतबार धरान फुटबल क्लव नेपाल पुलिस आमने सामने हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us