नेपालद्वारा युएई ३१ रनले पराजित

काठमाण्डु टुडे २०७० फागुन २४ गते ४:०३ मा प्रकाशित

criket 1काठमाण्डु, २४ फागुन – ट्वान्टी ट्वान्टी विश्वकप तयारीका लागि खेलेको अन्तिम अभ्यास खेलमा नेपालले जितहात पारेको छ । विश्वकप तयारीका क्रममा गएराति नेपालले युएइसँगको अभ्यास खेलमा जित हात पारेको हो ।

टस जितेर पहिले व्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन जोड्न सफल रह्यो ।

उपकप्तान ज्ञानेन्द्र मल्लको नाममा ५२ रन रहयो । कप्तान पारस खड्काले ३२ रनको योगदान दिए ।

शक्ति गौचन १५ , बसन्त रेग्मी र सुवास खकुरेलले समान १० रन जोडे ।

लक्ष्य भेटाउन मैदानमा उत्रिएको यूएइले दुई बल बाँकी छँदै सवै विकेट गुमायो । नेपालका सोमपाल कामीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए ।

जितेन्द्र मुखिया, बसन्त रेग्मी, र सागर पुनले समान २– २ विकेट लिए । शक्ति गौचनले १ विकेट लिएका थिए । पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ४४ रनले पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us