यसरी बनाईन्छ सर्पको जुत्ता (फोटो फिचरसहित)

काठमाण्डु टुडे २०७० फागुन २३ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, फागुन – सर्प विषालु र खतरनाक सरिसृप हो । विषालु सर्पले डस्दा मृत्युको मुखसम्म पुगेको उदाहरणहरु प्रसश्तै पाईन्छ । तर इन्डोनेसियामा भने सर्प आम्दानीको राम्रो स्रोत बन्ने गरेको छ ।
जहाँ दैनिक सयौं सर्पलाई मार्ने गरिन्छ । सर्पको छालाबाट ह्याण्डब्याग, ज्याकेट तथा जुत्ता बनाउन यसलाई मार्ने गरिएको हो ।

इन्डोनेसियाको सिरेबन गाउँमा सर्पको छालाबाट विभिन्न बस्तुहरु बनाउने ठूलो कारखाना छ । जसका लागि दैनिक सयौं सर्पहरुको आवश्यकता पर्छ । सर्पको छालाबाट तयार पारिएको डिजाईनहरुको मुल्य ४ हजार डलरसम्म पर्ने गरेको छ ।

यसरी बनाईन्छ, सर्पको ह्याण्डब्याग, ज्याकेट र जुत्ता
सुरुमा सर्पलाई टाउकोमा प्रहार गरेर मार्ने गरिन्छ । यसपछि शरीर भित्र पाईप घुसाएर पानी भरिन्छ । पेटमा पानी भरिएपछि त्यसको शरीर फुल्छ, यस्तो अवस्थामा करिव १० मिनेट छोडिन्छ । सो समय पानी बाहिर ननिस्कियोस् भनेर मुखमा छालाको डोरीले बाँधिएको हुन्छ ।
यति प्रक्रिया सकिएपछि छालालाई निकाल्न सुरु गरिन्छ । सर्पलाई मार्न एक्सपर्टहरु निर्दयतापूर्वक त्यसको छाला काट्न थाल्दछन् । काटेर तयार पारिएको छालालाई सुकाइन्छ । सुकेर तयार भएको छालाबाट विभिन्न बस्तुहरु बनाईन्छ ।

मासुको मूल्य पनि उच्च
सर्पको छाला निकालिसकेपछि त्यसबाट विभिन्न उपभोग्य सामान त बनाईन्छ नै, छाला भित्रको मासु पनि उच्च मुल्यमा विक्री हुने गरेको छ । सर्पको मासु खाएमा कैयन रोग निको हुने स्थानीयको विश्वास पाईन्छ ।

2727_snake

3214_snake-7

3211_snake-3

3222_snake-13

3223_snake-14

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us