आहा–रारा गोल्डकप : संकटा क्वाटरफाइनलमा

काठमाण्डु टुडे २०७० फागुन २३ गते ११:४४ मा प्रकाशित

Aaha-raraपोखरा, २३ फागुन – संकटा क्लव १२औं आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले  अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

उसका लागि २३ औं मिनेटमा विक्रम लामाले गरेको गोल निर्णायक बन्यो ।

संकटाले अब क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us