
पोखरा, २३ फागुन – पोखरामा जारी आहा गोल्डकप फुटबल प्रतियोगितामा आज ए डिभिजन लिगका संकटा र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालामा हुने खेलमा दुवै टिम जित निकाल्दै अन्तिम आठमा प्रबेश गर्ने दाउमा छन् ।
काठमाडौमा सम्पन्न ए डिभिजन लिगमा संकटा पाँचौ स्थानमा रहेको थियो भने जावलाखेल सुपर सिक्समा पुग्न असफल भएको थियो ।
आजको खेलमा दुवै टिमले ए डिभिजन लिगमा बराबरी खेलेको नतिजा उल्टाउन खोज्ने छन्