अभ्यास खेलमा नेपाल पराजित

काठमाण्डु टुडे २०७० फागुन २२ गते ३:१४ मा प्रकाशित

criket 1काठमाण्डु, २२ फागुन– ट्वाण्टी ट्वाण्टी विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा नेदरल्याण्डसँग ४४ रनले पराजित भएको छ ।
युएइमा १ सय ९६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान ३९ रनको योगदान दिए भने कप्तान पारस खड्का ३१, सागर पुन १५ र शरद भेषावकरले १३ रनको योगदान दिए ।
नेदरल्याण्डका मुदास्सर बुखारी र लोगन भान विकले समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेदरयाण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
नेपालका सोमपाल कामी र जितेन्द्र मुखियाले समान २ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us