
काठमाण्डु, २२ फागुन –शनिवार र आइतवार सरकारी विदा परेको बहानामा उपत्यकाभरी पेट्रोलियम पदार्थको अभाव देखियो ।
धेरैजसो पेट्रोलपम्पमा गाडीको लामो लाइन थियो ।
व्यापारीले बुधावारदेखि इन्धन पाइने बताएका थिए । तर बुधावर बेलुकसम्म पनि लाइन उस्तै थियो ।
सरकारी विदाले गर्दा तेल अभाव भएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बताए ।
तर निजी क्षेत्रका पम्प बन्द भएपनि सरकारी भने खुल्ला नै छन् ।
सेना र प्रहरी, साझाबाट संचालित पेट्रोलपम्पले तेल बेचिरहेका छन् । निगमको थानकोट डिपोबाट प्राप्त बिवरण अनुसार अध्यक्ष प्रधानको नयाँ बानेश्वरस्थित थ्रि ब्रदर्स पेट्रोलपम्पले सोमबार आठ हजार लिटर पेट्रोल र चार हजार लिटर डिजेल उठाएको थियो ।
दुई गुणा तेल उठाएर पनि प्रधानको थ्रि बदर्स पम्पमा किन दिन भर बन्द रह्यो ? व्यवसायीले तेल नपाएको दावी गरेपनि निगमले सोमबारदेखि उपत्यकामा दोब्बर तेल आपूर्ति गरेको तथ्याङ्क दिएको छ ।
उपत्यकामा औसत तीन लाख ५० हजार लिटर पेट्रोल खपत हुन्छ ।
प्रधानको जस्तै अरु धेरै पम्पले पनि चाहिएजति तेल उठाएका छन् । तर तेल छैन र पम्प नै बन्द गरेर बसेका छन व्यवसायी ।
सरकारले कहिले अनुगमन गर्ने हो ?