
ताली बजाइदेउ नेपाली
विश्वकपमा हामी यसपाली…….
इतिहासमै पहिलोपटक विश्वकपमा पुगेको नेपाली क्रिकेटले अहिले धेरैको मन तातेको छ । बंगलादेशमा चैत २ गतेदेखि सुरु हुने विश्वकपका लागि नेपाली टोलीको छनौट समेत भइसकेको छ ।
खेलाडी छनौटले समेत तातेको क्रिकेटप्रेमीको मनलाई थप तताउने एउटा गीत र भिडियो समेत बनेको छ ।
फुटवलका दर्शक समेत तान्न थालेको क्रिकेटको माहौल अनुसारको गीत र भिडियो बनेको हो ।
शम्भूजित बास्कोटाको संगीत, सन्तोष पौडेलको रचना र कर्मा , सनुप र राज सिग्देलको आवाजमा गीत तयार भएको छ । ट्वान्टी ट्वान्टी विश्वकप छनौट हुँदाको खेलको समेत एक झलक देखाइएको छ भिडियोमा ।
क्रिकेटका राष्ट्रिय टोलीका सदस्य समेत देखिएका छन भिडियोमा । र, धेरै क्रिकेटप्रेमीले यो भिडियो र फेसवुक र ट्वीटरमा राखेका समेत छ ।
थप भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।http://www.youtube.com/watch?v=67oBVFdy4ek