कप्तान पियोलले बार्सिलोना छाड्ने, क्लवलाई ठूलो धक्का

काठमाण्डु टुडे २०७० फागुन २१ गते ४:५९ मा प्रकाशित

piyolबार्सिलोनाका सर्वाधिक सफल कप्तान कार्लोस पियोलले यही सिजनबाट क्लब छोड्ने भएका छन् ।
कार्लोसले घुँडामा लागेको चोटको कारण आफुले क्लब छाड्न लागेको बताए । सन् २०१६ सम्मको सम्झौतालाई तोड्दै पियोलले २ बर्ष अगावै विदा लिने भएका हुन् ।
सन् १९९५ देखि बार्सिलोनाको जुनियर टिमबाट खेल जिवन थालेका उनले चारबर्ष पछि सिनियर टिमबाट खेल्दै आएका थिए ।
१९ बर्ष बार्सिलोना विताएका उनले क्लब स्तरीय फुटवल उपाधि क्लबलाई दिलाएका थिए । बार्सिलोनाले स्पेनिशि ला लिगा ६ पटक जितेको छ भने च्याम्पियन्स लिग ३ पटक जितेको छ ।
युफा सुपर लिग २ पटक जितेको बार्सिलोनाले कोपा डे रेल पनि उनकै कप्तानीमा दुई पटक च्याम्पीएन बनेको छ । फिफा क्लब वल्र्ड कपको उपाधि बार्सिलोनालाई उनकै कप्तानीमा दुई पटक जिताएका थिए ।
कार्लोसले बार्सिलोनाका लागि ५ सय ९३ म्याच खेलिसकेका छन् । घुँडाकै चोटले उनले २०१२ को युरो कप खेल गुमाएका उनले जारी सिजनमा क्लबबाट १२ खेल मात्र खेले । दुई पटकको अपरेसन पछि उनले घुँडामा सोचेजस्तो सुधार आउन नसकेकाले क्लब छाड्ने निर्णय लिएको ३५ बर्षिय डिफेन्डरले पत्रकार सम्मेलनमा बताए ।
युरोपियन क्लबमा सवैभन्दा सफल बार्सिलोनाको सफल कप्तानको निर्णयलाई अन्तराष्ट्रिय सञ्चार माध्यामले क्लबको एक युगका अन्त्य भनि टिप्पणी गरेका छन् ।
उनको अनुपस्थितिमा टिमको नेतृत्व कसले लिने भन्ने निर्णय बाहिर आइसकेको छैन तर टिमका प्लेमेकर जावीले यो नेतृत्व पाउने संभावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us