भारतमा चुनावको मिति घोषणा हुँदै

काठमाण्डु टुडे २०७० फागुन २१ गते ३:१८ मा प्रकाशित

काठमाण्डु, २१ फागुन –भारतको निर्वाचन आयोगले यस बर्ष हुने लोक सभा चुनावको आज मिति सार्वजनिक गर्ने भएको छ । त्यहाँको निर्वाचन आयोगले बुधवार लोकसभा चुनावको मिति सार्वजनिक गर्न लागेको हो ।
लोकसभा चुनावको घोषणा संगै यसको तरिका र आचारसंहिता पनि लागु हुने छ ।

भारतीय सञ्चारमाध्यमहरुको प्रारम्भीक अनुमान अनुसार चुनावको सुरुवात आगामी अप्रिल महिनाको ७ तारिख देखि सुरु भई ६ देखि ७ दिन चल्न सक्ने छ ।

उक्त चुनावमा देशका ८१ करोड मतदाताले मतदान गर्नेछन् भने यस बर्षको चुनावमा १० करोड नयाँ मतदाता थपिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us