
काठमाण्डु, २० फागुन – सशस्त्र प्रहरीको एपिएफ पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा १६ वर्षमुनीको राष्ट्रिय टिमलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले अन्तिम आठमा स्थान पक्का गरेको हो । यसअघि ९० मिनेटको निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेका थिए ।
१५ औं मिनेटमा गोल गर्दै अन्जान विष्टले १६ वर्ष मुनीको राष्ट्रिय टिमलाई अग्रता दिलाए पनि ३५ औं मिनेटमा रञ्जन विष्टले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।
एपिएफका रञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा बुधबार नेपाल आर्मी र धरान फुटबल क्लव आमने–सामने हुनेछन् ।