
काठमाण्डु, फागुन – पछिल्ला समयका चर्चित लोक गायक पशुपति शर्माले गीत नगाउने भएका छन् ।
स्टुडियोदेखि स्टेजसम्मका व्यस्त गायक शर्माले अव केही समय गीत नगाउने भएका हुन् ।
व्यस्तताले नभई पशुपतिले स्वास्थयको कारण गीत नगाउने भएका हुन् ।
शर्माको घाँटीमा समस्या आएकाले अवका एक महिना उनले गीत गाउने छैनन् । युरोपमा झण्डै एक महिना लामो सांगीतिक यात्रा सकेर नेपाल फर्केका पशुपतिलाई घाँटी दुख्ने र सुक्ने समस्या देखिएको हो ।
पशुपतिले काठमाण्डु टुडेसँग भने ‘ मेरो त घाँटीमा समस्या देखियो, डाक्टरले एक महिना रेष्ट गर्न भनेको छ, बर्वाद हुने भो ।’ घाँटीमा समस्या देखिएपछि शर्मा मेला महोत्सवमा जान छाडेका छन् । कोहलपुरमा गीत गाउँदा घाँटी दुख्न नछाडेपछि उनले डाक्टरलाई देखाएका थिए ।
युरोपमा १४ वटा कार्यक्रम गरेका थिए उनले । शर्मा भन्छन् ‘ नेपालमा पनि एक महिनामा २७ वटा कार्यक्रममा पुगेछु, घाँटीलाई फुर्सद नै भएन । ’ उनले एउटा कार्यक्रममा दोहोरीसहित झण्डै ८ वटा जति गीत गाएका थिए । डाक्टरका अनुसार औषधीले र आरामले घाँटी पुरै ठीक हुनेछ ।
शर्माले आफुले गाउने धेरै गीत ‘हाई स्केल’मा भएकाले पनि घाँटीमा समस्या परेको बताए । घाँटी सुकेपछि शर्माले आउछु भनेका धेरै कार्यक्रम स्थगित गरेका छन् ।
शर्माले भने, तत्काल १३वटा कार्यक्रममा नजाने भए, पहिला त ठीक हुनु प¥यो । शर्माका मलाई अमेरिका यही, रोइला, दोहोरी, र लोकगीत निक्कै चर्चामा छन् ।
आफ्नो समस्याबारे उनले फेसवुकमा समेत लेखेका छन् ‘ अचानक गरिखाने घाँटीमा समस्या आयो त्यसैले तनावमा छु, एक महिना गीत गाउन नपाइने भयो, लौं प्रभु रक्षा गर । ’