पत्रकार मरहठ्ठा पुरस्कृत

काठमाण्डु टुडे २०७० फागुन १८ गते १४:३१ मा प्रकाशित

चितवन–१८ फागुन– एबीसी टेलिभिजनका पत्रकार किरणबाबु मरहठ्ठा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन् ।
kiranराष्ट्रिय साहित्य सम्मेलनका अवसरमा  चितवनको नारायणगढमा आयोजित कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले महरठ्ठालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा प्राज्ञ तथा वरिष्ठ साहित्यकार बुँद रानाले पुरस्कार हस्तान्तरण गरे । पत्रकारितामार्फत कला साहित्यको उत्थान र सम्वद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै मरहठ्ठालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ले जानकारी दिए ।

सम्मानित भएपछि मरहठ्ठाले कला साहित्यको सम्वद्र्धनमा लाग्न सम्मानले थप जिम्मेवार बनाएको बताए ।

प्रतिष्ठानले साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत हरेक वर्ष एक जनालाई यो पुरस्कार दिने भएको छ । कार्यक्रममा पुष्प अधिकारी ‘अञ्जली’ द्वारा सम्पादित ‘यी प्रतिनिधि नेपाली गजल नामक’ कृतिको लोकार्पणसमेत गरिएको थियो ।

सम्मेलनमा देशभरबाट करिब २ सय श्रष्टाको सहभागिता थियो । सम्मेलनमा श्रष्टाहरु बुँद राना, धनराज गिरी, एलबी क्षेत्री, महानन्द सापकोटा, सुनिता चुदालीलगायतले आ–आफ्ना रचना बाचन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us