एमालेमा ओली–नेपाल विवाद चर्कंदै

काठमाण्डु टुडे २०७० फागुन १८ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– एमालेमा आसन्न नवौं महाधिवेशन मितिलाई लिएर जारी विवाद थप चर्कंदै गएको छ ।
oli-madhavसंसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच महाधिवेशनको मितिबारे विवाद चुलिएको हो । ओली पक्ष स्थायी समितिले तय गरेको जेठ ३ कै मितिमा महाधिवेशन हुनुपर्ने अडानमा छ ।

नेपाल पक्षले भने संविधानसभाबाट नयाँ संविधान जारी भएपछि मात्र पार्टी महाधिवेशन हुनुपर्ने बताएको छ । बैठकमा आइतबार बोल्ने सदस्यहरुले त्यसबारे मिश्रित धारणा राखेका छन् ।

नेता नेपाल पक्षले महाधिवेशनअघि राष्ट्रिय प्रतिनिधि परिषद् र विधान सम्मेलन बोलाउन माग गरेको छ । महाधिवेशन प्रतिनिधि चयन र स्थानीय निकायको निर्वाचनका कारण स्थायी समितिले सिफारिस गरेको मितिमा महाधिवेशन गर्न नभ्याउने तर्क सो पक्षको छ ।

उपाध्यक्ष बामदेव गौतमसँग मिलेर ओली संसदीय दलको नेता बनेदेखि सुरु भएको एमाले विवाद पछिल्लो समय मन्त्री चयनसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us