‘समयमै संविधान बन्नेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याऔं’

काठमाण्डु टुडे २०७० फागुन १८ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– एकीकृत माओवादीले प्रधानमन्त्री सुशील कोइरालालाई एक वर्षभित्र संविधान जारी हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन आग्रह गरेको छ ।
prachanda-sushilबिमस्टेक सम्मेलनमा जानुअघि सरकारी निवास बालुवाटारमा कोइरालाले बोलाएको सर्वदलीय बैठकमा माओवादीले यस्तो सुझाव दिएको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले माओवादी अध्यक्ष पुष्पकमल ‘दाहाल’ ले निर्धारित मितिमै संविधान जारी हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउने तथा सदस्य राष्ट्रहरुसँगको सम्बन्ध सुदृढ गर्ने मञ्चका रुपमा बिमस्टेक मञ्चलाई प्रयोग गर्न सुझाएको जानकारी दिए  ।

बैठकमा सहभागी दलहरुले बिमस्टेक बैठकलाई सम्बोधनका क्रममा गरिबी निवारणमा नेपालले खेलेको भूमिका तथा विकास निर्माण कार्यलाई प्रमुखताका साथ उठाउन कोइारलालाई सुझाव दिएका थिए । उत्सुक रहेको विषय समेत उल्लेख गर्न आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us