६ दिनसम्म मुलुक बामदेवले चलाउने

काठमाण्डु टुडे २०७० फागुन १८ गते १३:१० मा प्रकाशित

काठमाण्डु, १८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार गएपछि झण्डै एक सातासम्म उपप्रधान तथा गृहमन्त्री बामदेव bamdevगौतमले मुलुक चलाउने भएका छन् ।
कोइरालाले आफ्नो अनुपस्थितिमा वरिष्ठाताका आधारमा गौतमलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

आफ्नै पार्टी नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंहले कार्यबाहक प्रधानमन्त्रीको आशा गरे पनि कोइरालाले उक्त जिम्मेवारी गौतमलाई दिएका हुन् ।

कोइराला सरकारमा वरियतामा सिंहभन्दा गौतम नै माथि छन् । कार्यबाहक प्रधानमन्त्री भएलगत्तै गौतमले सरकार मातहतका निकायलाई प्रधानमन्त्री मुलुकबाहिर रहेका बेला जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् ।

कार्यबाहक प्रधानमन्त्रीले आपतकालीन बाहेकको अवस्थामा मन्त्रिपरिषद् डाक्न र दैनिक प्रशासनबाहेकका निर्णय गर्न पाउँदैन । प्रधानमन्त्री कोइराला म्यानमारबाट आगामी २२ फागुनमा स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us