विवादबीच सकियो काँग्रेस सम्बद्ध वकिलहरुको अधिवेशन

काठमाण्डु टुडे २०७० फागुन १८ गते ११:३७ मा प्रकाशित

नेपालगन्ज, १८ फागुन – नेपाली काँग्रेस सम्बद्ध नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) को अध्यक्षमा अधिवक्ता गोपाल कृष्ण घिमिरे चुनिएका छन् ।
नेपालगञ्जमा आइतबार सकिएको नवौं महाधिवेशनले घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । एसोसिएसनको क्षेत्रीय उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट लखनलाल यादव, मध्यमाञ्चलबाट केशवप्रसाद काफ्ले, पश्चिमाञ्चलबाट कमलमोहन वाग्ले, मध्यपश्चिमाञ्चलबाट प्रल्हादबहादुर कार्की र सुदूरपश्चिमाञ्चलबाट शिवराज पाण्डे र काठमाण्डु उपत्यकाबाट ठाकुररमण आचार्य निर्वाचित भएका छन् । यस्तै महासचिवमा मेघराज पौडेल, सचिवमा पूर्णप्रकाश वस्नेत र कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ निर्वाचित भए ।
क्षेत्रीय सदस्यहरुमा पूर्वाञ्चलबाट अनिलकुमार साह, मध्यमाञ्चलबाट गोविन्दप्रसाद सिग्देल, उपत्यकाबाट निर्भयराज पौडेल, पश्चिमाञ्चलबाट धु्रवराज नन्द, मध्यपश्चिमाञ्चलबाट विष्णुमणि धिताल र सुदूरपश्चिमाञ्चलबाट गणेशराज भट्ट चयन भएका छन् । सदस्यमा खुल्लातर्फ गोपीशर्मा सुवेदी, लेखतबहादुर खड्का, विश्वास आचार्य, सुरोजकुमार तुक्षे, विष्णुप्रसाद ढकाल र मनोजकुमार श्रेष्ठ छन् । खुल्लामा महिलातर्फ चण्डिकाकुमारी राय, निर्मला भण्डारी र रुपा थापा विजयी भए ।
आदिवासी जनजातितर्फबाट अमृतकुमार लामा र बेलकुमारी राई, मधेसी समुदायबाट बौधकृष्ण भगत, मुस्लिमबाट नसरुल्लाह अन्सारी, दलितबाट देशबहादुर सार्की, दुर्गम क्षेत्रबाट पदमबहादुर शाही, महिलाबाट लालकुमारी राना र शर्मिला श्रेष्ठ निर्वाचित भएको आइतबार नेपालगञ्जमा भएको पत्रबार सम्मेलनमा जानकारी दिइयो ।
परिणाम आफ्नो पक्षमा पार्न घिमिरे समूहले नक्कली प्रतिनिधि खडा गरेको भन्दै अध्यक्षका प्रत्यासीसमेत रहेका नेपाल बारएसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का समूहले भने अधिवेशन बहिस्कार गर्‍यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us