यो सरकाबाट जनताको आशा पूरा हुँदैन: थापा

काठमाण्डु टुडे २०७० फागुन १८ गते ११:१८ मा प्रकाशित

चितवन, १८ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारबाट जनताका कुनै पनि अपेक्षा पूरा नहुने बताएका छन् ।
Kamal-Thapa-Raprapa-Nepalचितवनमा आइतबार भएको कार्यक्रममा उनले सत्ता स्वार्थमा आधारित गठबन्धनबाट बनेको वर्तमान सरकारले जनताको आशाअनुसार काम गर्ने नसक्ने दाबी गरे ।

गुटउपगुट र स्वार्थहरुको पृष्ठभूमिमा बनेको सत्ता समीकरणबाट मुलुकको संक्रमणकालीन राजनीति पार नलाग्ने भनाइ उनको छ । सरकार नेतृत्वकर्ता नेपाली काँग्रेस र सत्ता समर्थक दलहरु जनतासमक्ष गरेको बाचाबाट विचलित भएको आरोप पनि लगाए ।

अर्को एक फरक प्रसंगमा थापाले संविधानसभाको उपाध्यक्ष लिएर एकीकृत माओवादीले समेत सत्ता लिप्सा देखाएको टिप्पणी गरे । आफ्नो पार्टी भने सरकार गिराउने र बनाउने खेलबाट टाढै बस्ने उनले दाहोर्‍याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us