एमाले नेता ओली भारत प्रस्थान

काठमाण्डु टुडे २०७० फागुन १८ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– एमाले संसदीय दलका नेता केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका सिलसिलामा भारत गएका छन् ।
kp-oli_20110601090027ओली आइतबार दिउँसो एयर इण्डियाको जहाजबाट नयाँडिल्ली प्रस्थान गरेका हुन् । ओली लामो समयदेखि मृगौला र युरिक एसिडबाट पीडित छन् ।

ओलीले गत वर्ष दिल्लीमै मृगौला प्रत्यारोपण गराएका थिए । ओलीले नयाँदिल्लीको साकेटस्थित म्याक्स  अस्पतालमा मृगौला परीक्षण गराउने उनका सहयोगीहरुले बताएका छन् ।

पछिल्लोपटक समस्या बल्झिएपछि  ९ फागुनमा राजधानीको ग्र्याण्डी अस्पताल भर्ना भएका ओली आठ दिन अस्पताल बसेर शनिबार मात्र डिस्चार्ज भएका थिए ।

ओलीका साथमा पत्नी राधिका शाक्य, स्वकीय सचिव इन्द्र भण्डारी र सहयोगी राजिव बज्राचार्य दिल्ली गएका छन् । स्रोतका अनुसार एक साता लामो दिल्ली बसाइका क्रममा ओलीले भारतीय नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us