डुंगा दुर्घटनामा ४ को मृत्यु, १५ जना हराइरहेको आशंका

काठमाण्डु टुडे २०७० फागुन १८ गते ४:४१ मा प्रकाशित

धनगढी, १८ फागुन– कैलालीको लालवोझीसँग जोडिएको भारतीय सिमावर्ती महोना नदीको हलौना घाटमा डुंगा पल्टँदा चार जनाको ज्यान गएको छ ।
कम्तिमा ७ जना हराइरहेको आशंका छ ।

ढुंगा दुर्घटनामा लालबोझी–३ की ३५ वर्षीया फुलमति लौनिया, लालबोझी–१ का ८ वर्षीय सन्दीप चौधरी र ७ महिनाकी सलिना अली मृत फेला परेका हुन् । यस्तै ३५ वर्षीया लज्जावती लोनियाको उपचारका क्रममा भारतमा मृत्यु भएको कैलाली प्रमुख प्रहरी उपरीक्षक मोहन जोशीले जानकारी दिए ।

उनका अनुसार १० पुरुषले पौडिएर ज्यान गोजाएका छन् । भारतबाट नेपाल आउँदै गरेका नेपाली सवार ढुंगा शनिबार साँझ पल्टिएको बताए । अन्यको अवस्था अज्ञात छ । ढुंगामा कति सवार थिए भन्ने खुलेको छैन ।

भारतमा काम गरेर घर र्फर्कंदै गरेका लालबोझी र भजनी गाविसका सर्वसाधारण दुर्घटनामा परेको आशंका गरिएको छ । घटनास्थालमा इलाका प्रहरी कार्यालय भजनीको टोलीले हराएकाको खोजी गरिरहेको छ ।

घटनास्थल सदरमुकाम धनगढीबाट करिब  ८० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us