विश्वकप खेल्न नेपाली टोली यूएई प्रस्थान

काठमाण्डु टुडे २०७० फागुन १८ गते ४:१४ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– बंगलादेशमा हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्न नेपाली क्रिकेट टोली आज यूएई प्रस्थान गरेको छ ।
nepali national cricket team२१ सदस्यीय टोली दिउँसो साँढे ४ बजे यूएई प्रस्थान गरेको हो ।

टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, सुवास खकुरेल, विनोद भण्डारी, प्रदीप ऐरी, राहुल विक, सोमपाल कामी, वसन्त रेग्मी, अभिनाश कर्ण, अमृत भट्टराई, , नरेश बुढाऐर, सागर पुन र जितेन्द्र मुखिया छन् ।
टेलीले यूएईमा प्रशिक्षण लिनुका साथै दुई वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ  । क्यानका अनुसार टोलीले नेदरल्याण्डसँग फागुन २२ र यूएईसँग २३ गते अभ्यास म्याच खेल्ने छ ।

चैत २ गतेदेखि हुने विश्वकप खेल्न नेपाली  क्रिकेट टोली फागुन २५ मा विश्वकपका लागि बंगलादेश जानेछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार अन्तिम बिदाई गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us