नियमावली मस्यौदा समिति बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन १८ गते २:१५ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– संविधानसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ ।
ca houseसिंहदरबारमा जारी बैठकमा विवादित विषयमा सहमति गरी आजै मस्यौदालाई अन्तिम रुप दिने तयारी भएको समितिका एक सदस्यले जानकारी दिए ।

एक साताका लागि सकिएको समितिको म्याद शनिबारै सकिए पनि समितिमा रहेका दलका प्रतिनिधिबीच विवाद भएपछि आज पनि बैठक बसेको हो । बैठकमा काँग्रेस र एमालेबीच संविधानसभाबाट संविधान बनेपछि कसले जारी गर्ने भन्ने विवाद भएको एक सदस्यले जानकारी दिए ।

उनका अनुसार काँग्रेस राष्ट्रपतिबाट र एमाले संविधानसभा अध्यक्षबाट संविधान जारी हुनुपर्ने अडानमा छ । राष्ट्रपति रामवरण यादव काँग्रेस र सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले पृष्ठभूमिका हुन् ।

यसअघिको मस्यौदामा संविधानसभाका दुई तिहाई सदस्यले पारित गरेपछि सभाअध्यक्षले सदर गरेर विशेष समारोहबीच राष्ट्रपतिले संविधान जारी गर्ने उल्लेख थियो ।
सकभर आजै विवाद मिलाएर मंगलबार बस्नै संविधानसभा बैठकमा मस्यौदा पेश गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us