शेर्पा समुदायले घ्याल्पो ल्होसार मनाउँदै

काठमाण्डु टुडे २०७० फागुन १८ गते २:२६ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– शेर्पा समुदायले आजदेखि आफ्नो नयाँ वर्षको उपलक्ष्यमा घ्याल्पो ल्होसार पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् ।
sherpa_losarतामाङ, गुरुङ र शेर्पाले मनाउने तीनवटा ल्होसारमध्ये घ्याल्पो वर्षकै अन्तिम ल्होसार हो । फागुन शुक्ल प्रतिपदाका दिनदेखि १५ दिनसम्म ग्याल्बो ल्होसार मनाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

ल्होसारका अवसरमा शेर्पा समुदायमा मानिसहरु परिवार, आफन्त र साथीभाभई भेला भई आपसमा शुभकामना आदान–प्रदान गर्नुका साथै राम्रो लगाउने र मीठो खाने गर्दछन् ।
ल्होसारका अवसरमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइरालासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।

राष्ट्रपति यादवले यस पर्वले आपसी सद्भाव वृद्धि गर्नुका साथै सबै धर्म तथा संस्कृतिको सम्वद्र्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us