प्रधानमन्त्री कोइराला म्यानमार प्रस्थान

काठमाण्डु टुडे २०७० फागुन १८ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास  (बिमस्टेक)  को तेस्रो Sushil-Koiralaशिखर सम्मेलनमा भाग लिन आज म्यानमार प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री निर्वाचित भएपछि कोइरालाको यो पहिलो विदेश भ्रमण हो । कोइराला १५ सदस्यीय टोलीको नेतृत्व गर्दै दिउँसो पौने २ बजे थाई एयरवेजको उडानबाट बैंकक हुँदै त्यसतर्फ गएका हुन् ।

सम्मेलनका क्रममा कोइरालाले भारतीय समकक्षी महमोहन सिंहसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेट्ने बताइएको । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार दिनेश भट्टराई, शिष्टाचार महापाल कालीप्रसाद पोखरेललगायत छन् ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र परराष्ट्रका मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागी यसअघि नै म्यानमार पुगिसकेका छन् । तीन दिनसम्म चल्ने सम्मेलनमा सदस्य राष्ट्रहरुबीच स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिनेलगायत मुद्धामा छलफल हुने छ ।

बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, म्यानमार, भारत, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us