ए डिभिजन लिगमा क–कसले के जिते ?

काठमाण्डु टुडे २०७० फागुन १७ गते ११:०४ मा प्रकाशित

Bike Winnerकाठमाण्डु, १७ फागुन – यस सिजनको ए डिभिजनल लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ । उपाधिसँगै मनाङले ७५ लाख नगद हात पारेको छ ।

यस्तै उपविजेता बनेको मच्छिन्द्र क्लवले ४५ लाख पाउँदा साविकको विजेता थ्रीस्टार क्लवले तेस्रो हुँदै २५ लाखमा चित्त बुझाएको छ ।

पूर्व विजेता नेपाल पुलिस क्लव भने चौंथो भएको छ । प्रतियोगितामा फेयर प्ले अवार्ड संकटा क्लवले पाएको छ । अवार्डसँगै उसलाई नगद १ लाख प्रदान गरिएको छ ।

अन्य विधामा भने उपविजेता मच्छिन्द्रले बर्चस्व जमाएको छ । मच्छिन्द्रका कर्ण लिम्बुले उत्कृष्ट स्ट्राईकर, सुशील केसी उत्कृष्ट मिडफिल्डर र हेम गुरुङले उत्कृष्ट डिफेण्डरको उपाधि जितेक छन् ।

यस्तै मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक र हरिओम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । प्रत्येक विधामा उत्कृष्ट हुनेले यमाहा मोटरसाईकल हात पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us