लिग विजेता मनाङ पुनः थ्रीस्टारसँग पराजित

काठमाण्डु टुडे २०७० फागुन १७ गते १०:३० मा प्रकाशित

mmcvsthreestar-30काठमाण्डु, १७ फागुन – ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लव अन्तिम खेलमा थ्रीस्टारसँग पराजित भएको छ ।

पहिलो चरणकै लिगको नतिजा दोहो¥याउने क्रममा थ्रीस्टारले मनाङलाई २–१ अन्तरले पराजित गर्यो । लिगको पहिलो चरणमा पनि थ्रीस्टार २–१ ले विजयी भएको थियो ।

थ्रीस्टारको जितमा दुबै गोल कप्तान सन्तोष साहुखलाले गरे । १०औं मिनेटमा साहुखलाको गोलमा थ्रीस्टारले अग्रता लिएपनि ३२औं मिनेटमा अनिल गुरुङले बराबरी गोल गरे । त्यसको ११ मिनेट पछि साहुखलाले नै थ्रीस्टारलाई पुनः अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन र खेल थ्रीस्टारले जित्यो । यद्यपी मनाङले यसअघि नै लिग उपाधि आफ्नो नाममा लेखाई सकेको थियो । मच्छिन्द्र क्लव उपविजेता बन्दा थ्रीस्टारले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us