परिणिती पनि फसिन् प्रेमजालमा

काठमाण्डु टुडे २०७० फागुन १७ गते १०:१७ मा प्रकाशित

parineeti-chopraकाठमाण्डु, फागुन – चल्तिफिर्ती नायिका परिणिती चोपडा प्रेमजालमा फसेको खबरले बलिउड तातेको छ । एक्लै रहेकी परिणितीको जीवनमा कोही प्रवेश गरेको खबर आइरहेको छ ।

उनको नाम आदित्य राय कपूरसँग जोडिन थालेको छ । यी दुई एकसाथ हिँड्न थालेका छन् । कैयौं स्थानमा यी दुईलाई संगै भेटिन थालेको छ ।

केही दिनअघि परिणितीले सबैभन्दा प्रतिभाशाली नायकको रुपमा आदित्यको नाम लिएकी थिईन् । जसको पछाडीको कारण उनीहरुबीचको अफेयर नै भएको अड्कल काटिएको छ ।

यी दुईबीचको अफेयर हबीब फैजलको फिल्म ‘एक अनाम’को सुटिङसँगै सुरु भएको बताईएको छ ।

परिणितीले बलिउडमा प्रवेश गर्दै गर्दा उनको नाम उदय चोपडासँग जोडिएको थियो । उनी यहाँसम्म आउनुमा उदयको पनि हात रहेको भन्नेहर प्रसस्तै भेटिन्छन् । यो हल्ला विस्तारै कम भएसँगै सुरु भएको नयाँ अफेयर कहासम्म जाला त्यो भने समयले नै बताउला ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us